२ भदौ, काठमाडौं । बार्सिलोनाले सेभिल्लालाई हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको छ ।
बुधबार राति भएको दोस्रो लेगमा बार्सिलोनाले ३-० को जित हात पार्दै समग्रमा ५-० को विजयी भयो । पहिलो लेगमा बार्सिलोना २-० को विजयी भएको थियो ।
घरेलु मैदानमा भएको बार्सिलोनाले १० औं मिनेटमा टुरानको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमा नै उनले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर पारे ।
खेलको ५५ औं मिनेटमा लिओनल मेस्सीले गोल गरे । खेलमा बार्सिलोनाका गोलकिपर ब्राभोले भिसेन्ट एलबोराको पेनाल्टी रोकेका थिए ।
२०१३ पछि पहिलो पटक बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको हो ।
साविकको विजेता बार्सिलोनाले रियल बाटिससँग खेल्दै शनिबारबाट स्पेनिस लिगको उपाधि रक्षाको यात्रा सुरु गर्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4