Comments Add Comment

भारतीय प्रधानमन्त्री मोदी र प्रचण्डका विशेष दूत निधिबीच भेटवार्ता

modi-and-bimalendra-nidhi

४ भदौ, नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूतका रुपमा नयाँदिल्ली पुगेका उपप्रधानमन्त्री विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

मोदीलाई भेट्न उपप्रधान एवं गृहमन्त्री निधि सेभन रेस कोर्सस्थि मोदीको निवासमा पुगेका थिए । भेटमा निधिले प्रधानमन्त्री प्रचण्डले पठाएको सन्देश हस्तान्तरण गरेका छन् ।

साथै भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, नेपाल भारत सम्वन्ध लगायतका विषयमा छलफल भएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले नयाँ सरकारलाई भारतले सहयोग गर्ने बताएका छन् ।

भेटमा निधिले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । निधिले मोदीको रोकिएको जनकपुर, मुक्तिनाथ र लुम्बिनी भ्रमणका लागि नेपाल सरकारका तर्फबाट निम्तो दिएको एक अधिकारीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment