Comments Add Comment

तरुण दल र महिला संघको महाधिवेशन गराउन निर्देशन समिति गठन

Balkrishna-Khand-and-NP-sau
६ भदौ, काठमाडौं । नेपाली कांग्रेसले नेपाल तरुण दल र नेपाल महिला संघको महाधिवेशन सम्पन्न गराउन छुट्टा-छुट्टै निर्देशन समिति गठन गरेको छ ।

नेपाल विद्यार्थी संघको महाधिवेशन सम्पन्न भएलगत्तै पार्टी सभापति शेरबहादुर देउवाले तरुण दल र महिला संघको महाधिवेशन पनि तोकिएकै मितिमा सम्पन्न गराउन निर्देशन दिएका छन् ।

तरुण दल महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा बालकृष्ण खाँण र महिला संघ निर्देशन समितिमा एनपी साउद संयोजक छन् ।

खाँण संयोजकत्वको समितिमा उमाकान्त चौधरी, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, रामकृष्ण यादव, हृदयराम थानी र सरिता प्रसाईं सदस्य छन् ।

यसैगरी नेपाल महिला संघको महाधिवेशन केन्द्रीय निर्देशन समितिमा एनपी साउदसहित, नविन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त र प्रदीप पौडेल सदस्य रहेको नेपाली कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment