Comments Add Comment

बजारमा डलरको हाहाकार

dollar७ भदौ, काठमाडौं । बूढानीलकन्ठकी उषा खड्काले डलर साट्न सोमबार दिनभर बैंक चाहरिन् । तर, उनले आफूले चाहेको जति डलर पाउन सकिनन् ।

भिसा लागेको पार्सपोर्ट बोकेर एकैदिन चारवटा बेंक भौतारिएको उनी दिउँसो तीन बजे रित्तै घर फर्किनु पर्‍यो ।

डलर नभएको भन्दै बैंकले दिन मानेनन् । धेरै अनुरोध गरेपछि दुई सय डलरसम्म दिइने आश्वासन उनले पाएकी छन् ।

चाहे जति डलर साट्न नपाएपछि उनलाई डलरको जोहो गर्ने चिन्ताले सताएको छ । खड्काले कार्ड बोकेर गए पनि साथमा कम्तीमा हजार डलरसम्म नगद हुँदा ढुक्क हुने बताइन् ।

डलरको खोजीमा बैंक चाहार्नु विदेशिन लागेका पहुँच नहुनेको दिनचर्यानै बनेको छ हिजोआज । बजारमा डलरको अभाव भएसँगै यसको खोजीमा दौडधुप गर्नेको स.ख्या दिनप्रतिदिन बढ्दैगइरहेको अाजको अन्नपूर्णमा समाचार छ ।

आइतबारको तुलनामा डलर खोज्न आउनेको संख्या सोमबार बृद्धि भएको बैंकहरुले बताएका छन् ।

आम उपभोक्ताको नगदै बोक्ने बानीका कारण डलर अभाव भएको बैंकहरुले बताएका छन् । कार्डबाट भुक्तान गर्दा नगद नआउने हुँदा बजारमा डलरको अभाव भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment