+
+
Shares

बर्थ डे दीपाको, तर दीपकले पनि सँगै काटे केक

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ८ गते १०:४०

deepa birthday 1
हाँस्य कलाकार दीपाश्री निरौला र दीपकराज गिरीको जोडी एक अर्काको लागि कति महत्वपूर्ण छ भन्ने उदाहरण मंगलबार काठमाण्डौको प्रज्ञा प्रतिष्ठानमा देखियो ।
प्रसंग थियो कलाकार दीपाश्री निरौलाको ४२ औ जन्मदिनको । दीपाका लागि ‘गाइजात्रा महोत्सव’मा सहभागी कलाकारहरुले ठूलो केकको व्यवस्था गरेका थिए ।

केक काट्ने क्रममा दीपा एक्लैले चक्कु चलाइनन् । दीपासँगै दीपकले हातमा हात समाएर केक काटे । दीपाले पहिलो केक कसलाई खुवाउँछिन् भनेर एकछिन हाँस्य कलाकारहरुविच रमाइलो प्रसंग चल्यो । सबैलाई थाहा भयो को कुरा त हो नी भन्दै कलाकारविच हाँसो छुट्यो । दीपाले दीपकलाई केक खुवाइन् ।deepa birthday 2
गाइजात्रा चलिरहेको समयमा पनि रेडियो अडियोको तर्फबाट केक काट्ने कार्यक्रम राखिएको थियो । रमाइलो कुरा के थियो भने, दीपाले केक खुकुरीले काटिन् । दीपकसँगै हातमा हात राखेर दीपाले दोश्रो पटक केक काटिन् । उनले आफूलाई माया गर्ने सबैलाई धन्यवाद दिइन् ।
deepa birthday 4
गाइजात्रा हेर्न पुगेका पूर्व सेनापति रुक्मांगत कुटवाल पनि दीपाको जन्मदिन सेलिब्रेशनमा सहभागी भए । उनलाई दीपाले केक खुवाइदिएकी थिइन् । कटुवालले के उपहार दिए, दीपाले त्यो भने खुलाउन चाहिनन् । deepa birthday 3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?