Comments Add Comment

म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग खेल्ने

Manchester City९ भदौ, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटी च्याम्पियन्स लिगको समूह चरणमा स्थान बनाउन सफल भएको छ ।

बुधबार राति भएको दोस्रो लेगमा सिटीले बुकारेस्टलाई १-० ले पराजित गरेको छ र समग्रमा ६-० को जित हात पारेको छ । पहिलो लेगमा म्यानचेष्टर सिटी ५-० ले विजयी भएको थियो ।

घरेलु मैदान इत्तेहाद स्टेडियममा भएको खेलमा सिटीका गोलकिपर जोए हार्ट सिजनमा पहिलो पटक फस्ट ११ मा परे । सिटीले बार्सिलोनाका क्लायडियो ब्राभोलाई अनुवन्ध गरेपछि हार्टले भने क्लब छाड्ने अनुमान गरिएको छ ।

खेलका क्रममा सिटीका समर्थकहरुले भने गोलकिपर हार्टको पक्षमा हुटिङ गरेका थिए ।

आफ्ना महत्वपूर्ण खेलाडीहरुलाई आराम दिएको सिटीका लागि डेल्फले ५६ औैं मिनेटमा विजयी गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment