+
+
Shares

झरनाको ‘ए मेरो हजुर’को सुटुक्क छायांकन, साम्राज्ञीसँग रोमान्स गर्ने यी हुन् नायक

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ ९ गते ११:२९

samragi and salimman baniya

नायिका झरना थापाले आफ्नो नयाँ चलचित्र ‘ए मेरो हजुर’को छायांकन यतिबेला काठमाण्डौमा धमाधम गरिरहेकी छिन् । ‘ए मेरो हजुर २’ नाम राखेर चलचित्र बनाउने बताइपनि पुरानै चलचित्रको नाम सापटी लिइएको छ ।

एस.के थापा प्रोडक्शनको ब्यानरमा यो चलचित्रको छायांकन काठमाण्डौमा भैरहेको छ । २ दिन पछि चलचित्र खिच्नका लागि पोखरा जाने निर्माता सुनिल कुमार थापाको भनाई छ । उनले चलचित्रको नाम ‘ए मेरो हजुर’ मात्र राखिएको पुष्टी गरे ।

यो चलचित्रमा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह मुख्य भूमिकामा छिन् । चलचित्रका मुख्य नायकको भने नाम र तस्बिर लुकाएर छायांकन भैरहेको थियो । तर, चलचित्रमा साम्राज्ञीसँग सलिममान बाँनिया नाम गरेक यूवकले रोमान्स गरिरहेको वुझिएको छ । सलिम २२ बर्षका छन् । चकलेटी अनुहारका धनी सलिम नृत्यमा पोख्त छन् ।

नायिका झरना थापाले पहिलो पटक निर्देशन गर्न लागेको यो चलचित्रलाई लिएर अहिले निर्माणपक्ष नै उत्साहित देखिएको छ । बसन्त सापकोटाले चलचित्रमा संगीत भरेका हुन् । प्रेम कथामा आधारित रहेर यो चलचित्र तयार हुने बताइएको छ । चलचित्रमा विल्सन विक्रम राई, सलोन बस्नेत, अनुराँग मान सिंह कुँवर, अनुभव रेग्मीको पनि मुख्य भूमिका रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?