+
+
Shares

भोक्राहामा चन्दा सङ्कलन गरेर स्थानीयले किनिदिए मदरसालाई बस

रासस रासस
२०८२ वैशाख २५ गते ६:३७

२५ वैशाख, इनरुवा (सुनसरी) । यहाँको भोक्राहा नरसिंह गाउँपालिका–४ मा रहेको जामिया इस्लामिया मदरसालाई बस हस्तान्तरण गरिएको छ ।

बुधबार एक कार्यक्रमबीच विद्यालय प्रशासनलाई औपचारिक रूपमा बस हस्तान्तरण गरिएको गाउँपालिका–२ का वडाध्यक्ष आलम अंसारीले जानकारी दिए ।

स्थानीयवासीले चन्दा सङकलन गरी खरिद गरिएको बस विद्यालयलाई हस्तान्तरण गरिएको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादले विद्यालयका प्रधानाध्यापक समिमअख्तर फलाहीलाई बसको साँचो हस्तान्तरण गरेका छन् ।

स्थानीयवासीले विद्यालयलाई चन्दा सङ्कलन गरेर बस हस्तान्तरण गरेकामा धन्यवाद दिँदै उनले शिक्षा यो प्रवर्द्धनतर्फको ऐतिहासिक कदम भएको धारणा राखे । ‘हामीले गाउँपालिकालाई शिक्षामैत्री बनाउने प्रतिबद्धता गरेका छौं । सोहीअनुसार सरकारी तथा निजी क्षेत्रबीचको सहकार्यमार्फत शैक्षिक गुणस्तर अभिवृद्धिमा यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ’, अध्यक्ष आजादले भने ।

विद्यालयमा सवारीसाधन नहुँदा टाढाबाट आउने बालबालिकालाई समस्या हुँदै आएकामा अब केही राहत हुने विद्यालयका प्रधानाध्यापक फलाहीले बताए ।

‘विद्यालयको आफ्नै सवारीसाधन नहुँदा टाढाबाट आउने विद्यार्थीले निजी, साथीसँगी वा सार्वजनिक सवारीको प्रयोग गरेर अध्ययनका लागि आउने गरेका थिए । अब केही राहत हुनेछ । यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद छ’, उनले खुसी हुँदै भनु ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?