+

एक फुटबलर, जो राष्ट्रगान बज्दा विरोधमा बसिरहे

२०७३ भदौ  १२ गते १२:०३ २०७३ भदौ १२ गते १२:०३
एक फुटबलर, जो राष्ट्रगान बज्दा विरोधमा बसिरहे

kaepernick_football_player१२ भदौ, काठमाडौं । अमेरिकामा काला जातिमाथि भइरहेको कथित अन्यायको विरोध गर्न एक फुटबल खेलाडीले अनौठो तरिका अपनाएका छन् ।

अमेरिकी नेशनल फुटबल लिगमा एक खेलाडीले राष्ट्रगान बज्दा नउठेर विरोध गरेका हुन्, जसको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।

फुटबलर कोलिन केपरनिक सान फ्रान्सिस्को ४९ टिममा अवद्ध छन् र राष्ट्रगान बज्दा उनी आफ्नो कुर्सीमा बसिरहे । उनले भनेका छन्, देशमा काला मानिसहरुमाथि जस्तो व्यवहार भइरहेकेा छ, मलाई लाग्दैन कि यस्तो देश र झण्डाको सम्मानमा उभिनुपर्छ ।’

राष्ट्रगान बज्दा राष्ट्रिय झण्डाको सम्मानमा नउभिएका कारण उनको सामाजिक सञ्जालमा समेत निकै आलोचना भएको छ ।

यद्यपि केहीले भने कोलिनले सही आवाज उठाएको भन्दै समर्थन पनि गरेका छन् । टिमले भनेको छ, कि राष्ट्रगान वा झण्डाको सम्मान गर्ने हरेक नागरिकको अधिकार छ । र, उसे आफैं तय गर्छ कि त्यसमा भाग लिने कि नलिने ?

अमेरिका फुटबल खेलाडी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय