Comments Add Comment

बैंकले कृषि क्षेत्रमा लगानी बढाउः गभर्नर

Chiranjibi Nepal
फाइल फोटो

१३ भदौ, भैरहवा । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले कृषि प्रधान मुलुक भएपनि कृषिमा आत्मनिर्भर बन्न नसकेकोले अब बैंकहरुले कृषि क्षेत्रमा लगानी बढाउनु पर्ने आवश्यक्ता रहेको बताएका छन् ।

रुपन्देहीको भैरहवामा एनएमबी बैंकको शाखाको उद्घाटन समारोहमा बोल्दै उनले बैंक तथा वित्तीय संस्थाहरुले उत्पादनमुखी क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिए ।

‘हामी स-साना वस्तुहरुमा पनि अन्य मुलुकको भर पर्छौं । अब किसानहरुले व्यवसायिक रुपमा नै पशुपालन तथा कृषि व्यवसाय गर्न बैंक तथा वित्तिय संस्थाको सहयोगमा ऋण लिएर व्यवसाय गर्नु पर्छ’ गभर्नर नेपालले भने -‘बैंकले पनि किसानलाई सहुलियत ऋणमा सेवा प्रदान गर्नुपर्छ ।’

उनले बिदेश वा स्वदेशमा रहने युवाले जागिरे मानसिकता छाडेर उद्यमसिलता तर्फ लाग्नुपर्ने औंल्याए । एनएमबि बैंकले आफ्नो ७१ औ शाखा भैरहवामा सञ्चालनमा ल्याएको छ ।

एनएमबि बैकले आईतबारनै भैरहवा सहित पाल्पा र दमकमा एकै साथ तीन वटा शाखा सञ्चालनमा ल्याएको छ । यी सँगै मुलुकमा यो बैंकको ७१ शाखा, ५० एटिएम र ७ वटा एक्टेन्सन काउन्टर पुगेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment