१३ भदौ, काठमाडौं । २० जना बालबालिकालाई दिनभर स्याहारसुसार र कखरा सिकाउनेमा व्यस्त हुन्छिन् संखुवासभा खादबारीकी धनमाया बानियाँ ।
रुनेलाई फकाउने, सिंगान पुछिदिनेदेखि पेन्सिल समाउन सिकाउनेमात्र नभएर कखरा पढाउनेसम्मको अभिभारा उनको छ ।
संखुवासभाको खाँखीभुईं आछाम्बुस्थित धर्मदेवी आधारभूत विद्यालयमा तीन वर्षयता उनी यस्तै काममा कम्मर कसेर लागेकी आजको अन्नपूर्णमा समाचार छ ।
धनमानयालेजस्तै जिल्लाका दुई सय ६८ महिला शिक्षक दैनिक एक सय ६८ रुपैयाँमा दिनभर काम गर्दै आएका छन् ।
यस्तो महँगीको समयमा पनि दैनिक एक सय रुपैयाँमा दिनभर बालबालिकालाई पढाउनुपर्ने बाध्यता धनमायाजस्ता महिलाको पनि छ ।
जिल्ला शिक्षा कार्यालयले सूचना नै जारी गरी आहृवान गरेपछि निवेदन दिएर छनोट भएका हुन् उनीहरु, तीन हजार रुपैयामा । उत्त विज्ञापनमा पुरुषहरुको आवेदन परेन ।
सँगै विल्ायमा काम गर्नै शिक्षकले चौमासिक रुपमा एक लाख भन्दा बढी रकम लिने गरेको तर बालशिक्षिकाले भने चौमासिक १२ हजार रुपैयाँ लिनुपर्दा मन खल्लो हुने श्री आधारभूत विद्यालय पिडडाँडा चैनपुर ५ मा अध्यापनरत बालशिक्षिका रोजिना भण्डारी बताउँछिन् ।
प्रतिक्रिया 4