Comments Add Comment

नेपाली विद्यार्थीले बनाए पानीमाथि कुद्ने साइकल

१४ भदौ, मोरङ । मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कलेजका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका छन् ।

cycle lane (16)बाढी आइरहेका बेला उद्धार गर्ने उद्देश्यले मनमोहन टेक्निकल कलेजका मेकानिकल इन्जिनियरिङका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका हुन् ।

एक विद्यार्थी बर्जित थापाको समूहले सो साइकल बनाएको हो ।

बाढीको बेला उद्धार गर्न सहज बनाउने उद्देश्यले साइकल प्रयोगमा ल्याउन सकिने उनीहरूको दाबी छ ।

सो क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीले प्रत्येक वर्ष बिदा भएर जाने अन्तिम वर्षका विद्यार्थीले प्रोजेक्ट वर्क अन्तर्गत प्रदर्शनी गर्नुपर्ने भएकाले प्रयोगात्मक पढाइको सिलसिलामा सो साइकल बनाएका हुन् ।

सो क्याम्पसका क्याम्पस प्रमुख डा शुभाष पोखरेलका अनुसार सरकारले इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई प्रोत्साहन गर्न चासो नदेखाउँदा समस्या भएको छ । उनले भने , “हामीले दक्ष जनशक्ति तयार गरिराखेका छौँ सरकारले लगानी गर्न चासो देखाएको छैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment