Comments Add Comment

फेसुबक सिओओ शेरिल बारेका ९ रोचक तथ्य

sheryl_sandberg_facebookसोसल नेटवर्किंग कम्पनी फेसबुककी प्रमुख कार्यसञ्चालन अधिकृत अर्थात् सिओओ शेरिल स्याण्डवर्गले गत अगष्ट २८ मा आफ्नो ४७ औँ जन्मोत्सव मनाइन् ।

सन् २००८ देखि फेसबुकको उक्त उच्च व्यवस्थापकीय पदमा कार्यरत रहेकी शेरिलले फेसबुकको विश्वव्यापी फैलावट बढाउने कार्यसञ्चालकीय भूमिकामा खरो उत्रिरहेकी छिन् । उनै शेरिलका बारेका ९ रोचक तथ्य यस्ता छन्ः

शेरिल यहुदी परिवारमा जन्मिएकी चेली हुन् । उनी परिवारका ३ सन्तानमध्ये जेठी हुन् । उनका बुवा एडेल आँखारोग विशेषज्ञ थिए भने आमा जोएलले कलेजमा फेन्च भाषा पढाउँथिन् ।

विद्यालय शिक्षा नर्थ मियामी सिनियर बिच हाइ स्कुलबाट पूरा गरेकी शेरिल पछि हार्वाड विश्वविद्यालयमा भर्ना भएर अर्थशास्त्रमा स्नातक गरिन् । सन् १९९५ मा हार्वार्डबाटै उनले एमबीए उत्तीर्ण गरिन् ।

हार्वार्डमै अध्ययनरत हुँदा उनले अर्थतन्त्र र सरकारमा महिला नामक एक अभियानको सुरुवात गरेकी थिइन् । अर्थतन्त्र र सरकारी निकायमा महिलाको ससक्त उपस्थितिलाई बढावा दिन उक्त अभियानको सुरुवात गरिएको थियो ।

फेसबुकमा आबद्ध हुनुअघि शेरिलले म्याकिन्से एण्ड कम्पनी र त्यसपछि विश्व बैंकमा समेत काम गरिन् । त्यसपछि उनले अमेरिकी अर्थमन्त्री ल्यारी समर्सको चिफ अफ स्टाफ भएर पनि काम गरिन् । त्यसपछि सन् २००१ मा उनी गुगलमा जागिर सुरु गरिन् ।

गुगलमा छँदा उनले कम्पनीका कन्जुमर प्रडक्टहरुको बिक्रि व्यवस्थापनका साथै गुगल बुक सर्च सेवासँग आबद्ध थिइन् । साथै गुगललको कल्याणकारी भगिनी संस्था गुगल डट ओआरजीको स्थापनामा पनि उनले महत्वपूर्ण भूमिका खेलिन् ।

सन् २०१२ मा उनी फेसबुकको बोर्ड अफ डाइरेक्टरमा निर्वाचित हुने पहिलो महिला बन्न सफल भइन् ।

शेरिल लेखिका पनि हुन् । उनले लेखेको किताब, लिन इन वुमन, वर्क एण्ड त विल टू लिड निकै चर्चित छ । यो बेस्टसेलर किताबमा महिलाहरु आजपनि किन नेतृत्व तहमा कम छन् भन्ने कुराको कारण खोजिएको छ ।

केटीहरुलाई होच्याएर भनिने बोस्सी भन्ने शव्दमाथि प्रतिबन्ध लगाउन उनले एउटा अभियान नै छेडिन् । त्यसका लागि उनले चर्चित सेलिब्रेटीहरु बियोन्से, जेनिफर गार्नरका साथै राजनीतिज्ञ कोन्डोलिजा राइसलाई समेत समेटिन् ।

सन् २०१३ मा टाइम म्यागेजिनले शेरिललाई विश्वका सबैभन्दा प्रभावशाली महिलाको सूचिमा समेटेको थियो । सन् २०१२ मा पनि उनी विश्वका १ सय प्रभावशाली मानिसको सूचि टाइम १०० मा पर्न सफल भएकी थिइन् । त्यस्तै फच्र्युन म्यागेजिनले प्रकाशित गर्ने प्रभावशाली व्यवसायिक महिलाको सूचिमा पनि उनी पटक पटक परेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment