+
+
Shares

सरकारमा जान साना दलको ठूलो दौडधुप

प्रधानमन्त्रीको अनुहार मात्र देखे पनि पुग्छ भन्दै बालुवाटार धाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ १६ गते ६:४६

Pushpakamal-Dahal-Prachanda,-PM-of-Nepal१६ भदौ, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदमा कांग्रेस, माओवादी केन्द्र, राप्रपा र नेकपा संयुक्तका नेता सहभागी छन् ।

सरकारलाई समर्थन भने १६ दलले गरेका छन् । प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका संघीय गठबन्धनमा आबद्ध मधेसी दलले सरकारमा तत्कालै नजाने बताएका छन् ।

फोरम लोकतान्त्रिक उपप्रधानमन्त्रीसहितका मन्त्रालय नपाएपछि सरकारबाहिरै छ । साना मन्त्रालय मात्र प्रधानमन्त्रीसँग रहेका कारण ती मन्त्रालयमा फोरम लोकतान्त्रिक जाने सम्भावना कम छ । अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रधानमन्त्री कार्यालयसहित ३१ मन्त्रालयमध्ये अहिले बाँकी चार मन्त्रालयमा साना दलका नेताहरू मात्र जान सक्ने अवस्था छ । तर, एक–दुई सिट भएका साना दललाई मन्त्रालय दिने–नदिनेमा प्रधानमन्त्री अनिर्णीत छन् । ‘प्रधानमन्त्रीले बाँकी चार मन्त्रालयमा कुन पार्टीका कसलाई मन्त्री दिने भन्नेमा अहिले खासै छलफल गर्नुभएको छैन,’ प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले  भने, ‘तत्काल मन्त्रिपरिषद् विस्तार भइहाल्छ भन्ने देखिएको छैन ।’

प्रधानमन्त्री प्रचण्ड ३० भदौमा भारत भ्रमणमा जाँदै छन् । त्यसअघि बाँकी मन्त्री नियुक्ति हुने सम्भावना नदेखिएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो । ‘अब प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्र मन्त्रिपरिषद् विस्तार हुन सक्ला, त्यसअघि केही हुँदैन,’ स्रोतले भन्यो।

सरकारलाई समर्थन गर्ने साना दलमध्ये बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, जनता समाजवादी पार्टीका प्रेमबहादुर सिंह, परिवार दलका एकनाथ ढकाल मन्त्री बन्ने दौडधुपमा छन् ।

पासवान केपी ओली नेतृत्वको सरकारमा जनसंख्या तथा वातावरणमन्त्री थिए भने सिंहले खानेपानी तथा सरसफाइ मन्त्रालय सम्हालेका थिए ।

सिंहको पार्टीलाई निर्वाचन आयोगले खारेजसमेत गरेको छ । तर, प्रधानमन्त्री प्रचण्डले मन्त्रीका लागि आग्रह गर्दै आएका दलका नेतालाई कुनै जवाफ दिएका छैनन् । ‘ढकालजी कहिलेकाहीँ देखिए पनि विश्वेन्द्र पासवान र प्रेमबहादुर सिंह प्राय: आउनुहुन्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘भेट्न नपाए पनि उहाँहरू प्रधानमन्त्रीको अनुहार मात्र देखे पनि पुग्छ भन्दै धाइरहनुभएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?