Comments Add Comment

चितवन समाज जर्मनीको प्रथम अधिवेशन सम्पन्न

citawan_germanyजर्मनी । संघिय गणराज्य जर्मनीको विभिन्न क्षेत्रमा रहेका चितवनवासीहरुको एककृत मंचको रुपमा गत मे ९ २०१६ मा तदर्थ रुपमा गठन भएको “चितवन समाज जर्मनी”को संस्थापक समिति विधिवत गठन भएको छ l

जर्मनीको विभिन्न क्षेत्रमा रहेका चितवनवासीहरु उल्लेख्य रुपमा भेला भै संस्थापक समितिको चयन गरेका हुन् l तदर्थ समितिका संयोजक यज्ञराज सुवेदीको सभापतित्व अनि गैह्र आवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेको प्रमुख आतिथ्यतामा दिपेन्द्र सुवेदीले सभा संचालन गरेका थिए l

कार्यक्रममा सुनिल हमालले स्वागत गीत अनि भीमा नानी श्रेष्ठले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।

आपसी परिचय पछि मन्तब्यको क्रममा जीवा लामिछानेले सामाजिक उद्देश्य प्राप्त गर्न एक आपसमा संगठित हुदै अघि बढ्नु पर्ने धारणा राखे ।

बिशेष अतिथिको रुपमा चितवन सहायता कोष बेल्जियमका अध्यक्ष दिनेश भण्डारीले संस्थाले संचालन गरेका परोपकारी कार्यहरुको उल्लेख गर्दै जर्मनीका साथीहरुसंग हातेमालो गरी सामाजिक कार्यहरु संचालन गर्ने बताए ।

किरण चन्द्र रायमाझीले चितवन समाज जर्मनीको लागि प्रस्तावित विधानको पूर्णपाठ गरे  र संसोधन सहित बिधान पारित भयो ।

तदर्थ समितिका संयोजक यज्ञराज सुवेदीले संस्थाको आधिकारिक स्थापनार्थ विगतका महिनाहरुमा भएका/गरिएका कार्यप्रगतिको फेहरिस्त प्रस्तुत गरे ।

छोटो विश्राम पछिको बन्द सत्रमा जीवा लामिछाने, हुमनाथ ढकाल र सुरज श्रेष्ठको अध्यक्ष मण्डलले संस्थापक समितिको चयन गरेको थियो ।

चितवन समाज जर्मनीको संस्थापक समितिका अध्यक्षमा यज्ञराज सुवेदी छानिएका छन्र । त्यस्तै उपाध्यक्ष, सचिव, काेषाध्यक्षमा क्रमश  राजेश लाल श्रेष्ठ,  किरण चन्द्र रायमाझी,  भीमा नानी श्रेष्ठ  चयन भएका छन् । क्षेत्रीय संयोजकहरुमा: बिष्णु अधिकारी, होम शर्मा, रमेश शिवाकोटी, राम गुरुङ  छानिए । सदस्यहरूमा  शिव मरहठ्ठा, अरुण अधिकारी , सुनिल हमाल, सजिना श्रेष्ठ, दिपेन्द्र सुवेदी  रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment