Comments Add Comment

गजल : गरिबसँग सरकार जस्तो

देख्दा तिम्रो समर्पण र मेरो त्याग जस्तो ।

फेरि पनि किन यो जिन्दगी बर्बाद जस्तो ।

Dineshraj Gyanwali

जिन्दगीमा धेरै विष पिइयो अति धेरै,

लठ्याउन सकेनन् कसैले तिम्रो याद जस्तो ।

 

यही दुःख सुनेको पनि छु देखेको पनि,

यस्तो लाग्छ गरिबसँग सरकार जस्तो ।

 

बाटोमा भेट हुँदा जब उनी मुस्काउँछिन्,

जमेको पानीमा पनि आउँछ बहाव जस्तो ।

 

तिमीले भन्यौ र मैले मन देखाइदिएँ,

भोलि पक्का आउनेछ एक प्रहार जस्तो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment