Comments Add Comment

धादिङमा पहिरोले घर पुर्‍यो, ६ वर्षीय बालकको मृत्यु

pahiro
फाइल तस्वीर

१७ भदौ, धादिङ । धादिङको गजुरी–५ मा शुक्रबार बिहान पहिरो जाँदा एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६ वर्षीय बालक राम चेपाङ छन् ।

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार माथिबाट पहिरो खस्दा उनको घर पुरिएको थियो ।

घटनास्थल पृथ्वी राजमार्गबाट दक्षिणतर्फ महाभारत क्षेत्रमा पर्दछ ।

यसैबीच गएराति परेको वर्षाका कारण आएको बाढीमा म्याग्दीमा ११ वटा घर बगेका छन् । बेनी–जोमसोम सडकखण्ड नजिकै रहेको बेगखोला बस्तीमा पसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment