Comments Add Comment

टाइगर असफल हुँदा करिना र सोनमको चलचित्र रोकिने संकेत

soonam and kareena
नायिका सोनम कपुर नयाँ चलचित्र ‘वीरे दी विडिङ’मा देखिदैछन् । यो चलचित्रमा सोनम र नायिका करिना कपुरले स्त्रिmन शेयर गर्ने बताइएको छ । तर, अब यो चलचित्रको छायांकनमा ढिलाई हुन सक्ने देखिएको छ ।

निरन्तर चलचित्र र सिरियल असफल भएपछि अहिले भारतको चर्चित निर्माण कम्पनी बालाजी फिल्मस् समस्यामा परेको छ । पछिल्लो चलचित्र ‘फ्लाइङ जेट’को असफलताले बालाजीलाई ठूलै झट्का लागेको छ । जसकाकारण पनि बालाजीले केही समयका लागि चलचित्र र सिरियल निर्माण रोक्ने तयारी गरेको हो ।

अर्को व्यापारिक योजना नबनेसम्म सबै काम रोकिने भएपछि सोनम र करिनाको यो चलचित्र पनि रोकिने संकेत देखिएको छ । बालाजीले चलचित्र नबनाउने भएपछि सोनमका पिता अनिल कपुरले इरोज कम्पनीसँग चलचित्र निर्माणमा सहकार्य गर्न आग्रह गरेका छन् । उनले ३२ करोड रुपैयाँको प्रस्ताव गरेका हुन् । तर, इरोजले भने दुई नायिकामाथि ३२ करोडको लगानी जोखिम हुने ठहर गरेको छ ।

यो चलचित्रको छायांकनमा ढिलाई भएको खण्डमा गर्भवती करिनाले प्रोजेक्टबाट हात झिक्नु पर्ने हुन्छ । यसैले, करिना यो चलचित्रको छायांकन सकेर आराम गर्ने तयारीमा थिइन् । यो चलचित्रलाई सोनम कपुर आफैले पनि निर्माण गर्दैछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment