Comments Add Comment

देशको आर्थिक अवस्था भयावह: प्रधानमन्त्री प्रचण्ड

'रेमिट्यान्सलाई उत्पादनशील र पूँजी निर्माणमा लगाउन तयार'

Prachanda

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक अवस्थामा भयावह ह्रास आएको बताएका छन् । भूकम्प र नाकाबन्दीका कारण आर्थिक अवस्था भयावह बनेको भन्दै उनले संविधान कार्यान्वयन र आर्थिक विकासलाई नै आफूले मुख्य चुनौतिको रुपमा लिएको बताए ।

‘मूल्यवृद्धि १० प्रतिशत, आर्थिक वृद्धिदर एक प्रतिशत भन्दा कम र ब्यापार घाटा सात खर्बभन्दा बढी भएको भयावह परिस्थितिमा मेरो नेतृत्वको सरकार बनेको छ,’ नेपाल आर्थिक संघले मंगलबार राजधानीमा आयोजना गरेको गोष्ठीमा प्रधानमन्त्री प्रचण्डले भने, ‘संविधानको कार्यान्वयन र आर्थिक विकास नै मेरा मुख्य चुनौति हुन् ।’

अहिलेका चुनौति समाधानको निकास खोज्न नसके बलिदानीपूर्ण संघर्ष र अप्ठेयारासँग जुधेर ल्याएको संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान कार्यान्वयन गर्न कठिन हुने प्रचण्डले आशंका गरे ।

रेमिट्यान्सले नै अर्थतन्त्र धानिरहेको भन्दै प्रचण्डले तर रेमिट्यान्सले दीगो बैदेशिक मुद्रा आम्दानी नगर्ने बताए । त्यसैले रेमिट्यान्सलाई उत्पादनशील र पूँजी निर्माणमा लगाउन सरकार तयार रहेको उनले बताए ।

त्यसका लागि युवाहरुलाई आवश्यक सिप र तालिम प्रदान गर्ने र कुन मोडेलबाट रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउने भन्नेबारे आर्थिक संघ र बुद्धिजिवीहरुसँग छलफल गरेर सरकार अघि बढ्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

नेपाल आर्थिक संघ २५ वर्षमा प्रवेश गरेको अवसरमा प्रधानमन्त्रीको उपस्थितिमा संघीय प्रणालीमा अन्तर सरकारी वित्त सम्बन्ध विषयक गोष्ठी आयोजना गरेको थियो ।

प्रचण्डले गोष्ठिबाट निर्माण भएको बिचार र प्राप्त सुझावलाई पृष्ठपोषक मानेर अघि बढ्न सरकार तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment