२२ भदौ, ताप्लेजुङ । ताप्लेजुङमा गत शुक्रबारको पहिरोले भत्काएको जिल्लाको विभिन्न स्थानको पैदल मार्ग खुलाउन नेकपा (एमाले)ले आफ्नो स्वयमसेवक दस्ता परिचालन गरेको छ ।
विभिन्न गाविसबाट सदरमुकाम आवतजावत गर्ने करिव एक दर्जन गोरेटो तथा घोरेटो बाटो पहिरोले बगाएकाले सो बाटोहरु खुलाउन दस्ता परिचालन गरेको युवा संघ नेपालका केन्द्रीय सदस्य दिपेन पोमुले बताए ।
बाटो खुलाउनका लागि ६० जनाको टोली खटिने उनले जानकारी दिए । स्वयम सेवक दस्ताले मंगलबार हिटि बजारदेखी पानीटेङ्कीहुँदै ल्याङबा र सेसम्बु जाने १ सय १० मिटर घोरेटो बाटो निर्माण गरेको र आज बाँकी स्थानमा दस्ता परिचालन गरेको एमाले जिल्ला कमिटीका उपाध्यक्ष मातृका भट्टराईले जानकारी दिए ।
सो बाटो खुलेसँगै जिल्लाका पूर्वी क्षेत्रका एक दर्जनबढि गाविसका स्थानीयलाई सदरमुकाम आवत जावतमा सहज भएको छ । ताप्लेजुङको सदमुकामा आसपासका क्षेत्रमा गत शुक्रबार पहिरो जाँदा चारजनाको मृत्यु भएका साथै ८० घरपरिवार विस्थापित भएका छन् ।
यसैबीच पहिरोका कारण सुक्रबार साँझ देखि अबरुद्ध मेचि राजमागै अझै खुल्न सकेको छैन । राजमार्गका विभिन्न स्थानमा पहिरो झरेकाले पुर्ण रुपमा खुलाउन अझै केहि दिन लाग्ने सडक डिभिजन कार्यालय इलामका इन्जिनियर गौतम श्रेष्ठले बताए ।
प्रतिक्रिया 4