Comments Add Comment

प्रधानमन्त्री प्रचण्ड र सीता दाहाल राष्ट्रपति भवनमा बस्ने

यस्तो छ भारत भ्रमणको कार्यतालिका

prachanda-(4)

२७ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमण राजकीय हुने भएको छ ।  परराष्ट्र मन्त्रालयले सोमबार प्रधानमन्त्री प्रचण्डको ३० गतेबाट हुने भारत भ्रमणबारे जानकारी गराएको हो ।

मन्त्रालयका अनुसार प्रधानमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलमा परराष्ट्रमन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक गरी दुई मन्त्री हुनेछन् ।

परराष्ट्रमन्त्री महत प्रधानमन्त्रीको भ्रमणको तयारीका क्रममा अहिले दिल्लीमा छन् र सोमबार भारतीय समकक्षी सुष्मा स्वराजलाई भेटेका छन् ।

प्रधानमन्त्री प्रचण्ड र फस्ट लेडी सीता दाहाललाई भारतले राष्ट्रपति भवनमा राख्ने भएको छ । ३१ गते प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइनेछ ।

त्यही दिन प्रचण्डले भारतीय राष्ट्रपति प्रणव मुर्खजी र भारतीय समकक्षी नरेन्द्र मोदीलाई भेट्नेछन् । भारत सरकारका केही मन्त्रीहरुले पनि प्रचण्डलाई भेट्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारत भ्रमणका क्रममा प्रचण्डसहितको टोलीले असोज १ गते हिमाञ्चल प्रदेशमा रहेको नथपा झाक्री हाइड्रोपावर प्रोजेक्टको अवलोकन भ्रमण गर्नेछन् ।

२ गते हरिद्धारस्थित पतन्जली योगपिठ जानेछन् । र, सोही दिन नेपाल फर्कने कार्यतालिका छ । भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले दिल्लीमा भारतीय उद्योगीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment