+
+

सरकारले सात उच्च अदालतको मुकाम तोक्यो (सूचीसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ भदौ २९ गते १९:०५

7 Pradesh Map_Mukam

२९ भदौ, काठमाडौं । सरकारले सात प्रदेशमा उच्च अदालतको मुकाम तोकेको छ । बुधबारको मन्त्रिपरिषद बैठकले उच्च अदालतको मुकाम तोकेको हो ।

मन्त्रिपरिषद बैठकको निर्णयअनुसार प्रदेश नम्बर १ को बिराटनगरमा, २ को जनकपुर, ३ को ललितपुर, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ नम्बर प्रदेशको उच्च अदालत दिपायलमा रहनेछ ।

यसअघि पुनरावेदन अदालत रहेको बाँकी ठाउँमा इजलास रहनेछन् । यस्तै वीरगञ्ज र ओखलढुंगामा पनि इजलास राखिने भएको छ ।

मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणको प्रवन्ध निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने र असोज १ गतेदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?