Comments Add Comment

हुलाकी मार्गको समस्या पूर्णरुपमा समाधान भयोः मन्त्री लेखक

भारत भ्रमण पूर्णरुपले सफल भएको दाबी

१ असोज, नयाँदिल्ली । प्रधानमन्त्री प्रचण्डसँगै भारत भ्रमणमा रहेका भौतिक पूर्वाधारमन्त्री रमेश लेखकले यो भ्रमणले दुई देशको सम्बन्ध सुधारेको दाबी गरेका छन् । साथै उनले हुलाकी मार्गको समस्या पूर्णरुपमा समाधान भएकोसमेत बताएका छन् ।

Ramesh-Lekhakनयाँदिल्लीको ताज होटलमा मन्त्री लेखकले अनलाइनखबरलाई दिएको संक्षिप्त प्रतिक्रिया यस्तो छः

यो भ्रमण पूर्णरुपले सफल भएको छ भन्ने मलाई लागिराखेको छ । किनभने सबैभन्दा पहिला त दुई देशको वीचमा एउटा विश्वासको वातावरण बनेको छ । र, हाम्रावीचमा जुन समस्याहरु छन्, त्यसमा पनि खुलेर कुराहरु भएका छन् ।

यो भ्रमणले विश्वासको वातावरण बनाएको छ र यो विश्वासको वातावरणमा यसले दुबै देशलाई लाभ हुने गरेर एक अर्कालाई सहयोग गर्नेखालमा सहमतिहरु भएका छन् ।

हुलाकी मार्गको समस्या समाधान भयो

मूलतः हुलाकी मार्गको पहिलो चरणको कारम लामो समयदेखि अवरुद्ध थियो । बनाउनुपर्ने जुन सडकहरु थिए, तिनको स्रोत व्यवस्थापनको कुरा र त्यसलाई कुन कुन स्रोतबाट बनाउने भन्ने कुरामा जुन समस्या थियो, त्यो हल भएको छ । समाप्त भएको छ ।
यसअन्तरगत ५ सय किलोमिटरभन्दा बढी १७ वटा सडकहरु थिए । त्यसमा पहिल्यै भारत सरकारको पैसामा बनाउने भनेकोमा त्यो पैसा कम पर्यो । पछि हामीले ७ वटा सडक हाम्रै पैसाबाट बनाउने र १० वटा सडक भारत सरकारको रकमबाट बनाउने भन्ने सहमति गरेका थियौं । र, हिजो त्यसैबमोजिम भारत सरकारबाट बन्ने १० वटा सडकमा सरकारका तर्फबाट कन्सल्ट्यान्ट नियुक्त गर्ने एमओयुमा हस्ताक्षर भयो ।

बाँकी ७ वटा सडक हामीले आफैं बनाउने प्रक्रिया अघि बढाइसकेका छौं । अब ती सबै सडकको काम अगाडि बढ्छ । र, हुलाकी सडकको पहिलो चरणको जुन समस्या थियो, त्यो समस्या पूर्णरुपले हल भएको छ ।

अर्को, दुई प्रधानमन्त्रीसँग कुरा हुँदा र डेलिगेट्सका वीचमा कुरा हुँदा हुलाकी सडकको दोस्रो फेजमा पनि लाइन अफ क्रेडिटको ऋण नेपालले प्रयोग गर्ने भन्ने समझदारी भएको छ ।

यी कामहरुका लागि टाइम फ्रेम तोक्ने भन्ने पनि कुरा भएको छ । र, सँगसँगै के छ भने जति पनि दुई देशका वीचमा हुने सम्झौताहरुमा समयमा नसकिने अथवा कार्यान्वयनमा ढिलाइ हुने वा कार्यान्वयन नहुने जुन समस्या छ, त्यसका लागि ज्वाइन्ट मोनिटरिंग मेकानिज्म बनाउने र त्यसले टाइम फ्रेम नपश्चित गर्ने र त्यो टाइम फ्रेमभित्र यी योजनाहरु कार्यान्वयन गर्ने कुरा भएको छ र त्यही ढंगको सहमति भएको छ ।

महाकाली पुलको निर्माण पनि एलओसीबाट अगाडि बढाउने कुरा भएको छ । कास्कीमा पोलिटेक्निक इन्स्टिच्युट, महाकालीमा चार लेनको पुल बनाउने कुरा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment