Comments Add Comment

अख्तियारले बार्गेनिङ गर्न खोज्योः वर्षमान

Barsha man Pun (1)२ असोज, काठमाडौं । सरकारको नेतृत्व गरेको माओवादी केन्द्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदालतको आदेशपछि आत्तिएर बार्गेनिङमा उत्रिएको आरोप लगाएको छ ।

अख्तियारले माओवादी सेनाका लडाकुको शिविर व्यवस्थापन तथा लडाकुको भरणपोषणमा भएको भ्रष्टाचारमा मुछिएका नेताहरुलाई ३० दिनभित्र बयानका लागि बोलाएपछि माओवादी नेताहरुले त्यस्तो आरोप लगाएका आजको अन्नपूर्णमा समाचार छ ।

माओवादी केन्द्रका अध्यक्षसमते रहेका प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा रहेका बेला शुक्रबार अख्तियारले पत्रकार सम्मेलन गरी माओवादी शिविरमा भरणपोषणा र अन्य नाममा गएको रकमबारे छानविन अघि बढाएको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै बाहिर आउने बताएको थियो ।

‘यो शान्ति प्रक्रियासँग समबन्धि विषय हो । यो राजनीतिक विषयमा अख्तियार अगाडि आउन जरुरी छैन । यसलाई बार्गेनिङ टुल्सका रुपमा प्रयोग गर्न खोजिदैछ,’ माओवादी केन्द्रका नेता वर्षमान पुनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment