+
+
Shares

सन्तोष पन्तविरुद्ध यौन दुर्व्यवहारको उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज २ गते ६:४६

२ असोज, काठमाडौं । वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानकी एक महिला सुरक्षा गार्डले कलाकार सन्तोष पन्तलाई आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।

santosh pantaशुक्रबार मध्यरातमा केटिएम सेक्युरिटिका अध्यक्ष रामेश्वर साहसँग आएका पन्तले दुव्र्यवहार गरेको भन्दै उनले शनिबार इलाका प्रहरी कार्यालय धरानमा लिखित उजुरी दिएकी समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

केटिएम सेक्युरिटीका ब्राण्ड एम्बेस्डरसमेत रहेका पन्तले आफ्नो संवेदनशिल अंगमा छुने काम गर्नुका साथै व्यक्तिगत जीवनसँग सम्बन्धीत प्रश्न पनि सोधेर थप पीडा दिएको उजुरीमा उल्लेख रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए ।

स्रोतका अनुसार केटिएमका अध्यक्ष साह, निरीक्षक विष्णु कोइराला, हेडगार्ड राजेन्द्र तामाङ पनि महिला होस्टेलमा पुगेका थिए । महिला होस्टेलमा राति ११ बजेपछि कसैलाई प्रवेश नदिइने भए पनि प्रमुख स्वयम् आएकोमा ढोका खोलिएको उनको भनाइ छ ।

उनले अध्यक्ष साहले पनि श्रीमान भएरनभएको, छोराछोरी भएरनभएको, काम गरेपछि र अगाडिको शारीरिक तौल र नाप के कति घटबढ भएको लगायत प्रश्न गरेको उजुरीमा उल्लेख छ ।

महिला अधिकारकर्मी मञ्जु भण्डारीले महिला कामदारमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्नुपर्ने माग गरिन् ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी खतिवडाले भने उजुरी आएको र त्यस विषयमा अनुसन्धान हुने बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?