Comments Add Comment

अब डेस्कटप र ल्यापटपमा पनि फेसबुक लाइभ

सोसल नेटवर्किंग साइट फेसबुकको लाइभ ब्रोडकास्टिंग फिचर, फेसबुक लाइभ अब डेस्कटप र ल्यापटप कम्प्युटरमा पनि उपलब्ध हुने भएको छ ।

facebookअहिलेसम्म एप्पल र एन्ड्रोइड स्मार्टफोनमा उपलब्ध यो सेवालाई कम्प्युटर प्रयोगकर्ताका लागि समेत उपलब्ध गराउन लागिएको पुष्टि फेसबुकले गरेको छ ।

फेसबुकका एक प्रतिनिधिले भनेका छन्ः हामीले प्रयोगकर्ताले उनीहरुको डेस्कटप र ल्यापटपबाट फेसबुकमा लाइभ ब्रोडकास्ट गर्न सक्ने फिचर सुरु गर्दैछौँ ।

फेसबुकले कतिपय प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध गराइसकेको छ । सर्च इन्जिन जर्नलले डेलिहा टेलर नामकी फेसबुक प्रयोगकर्ताले आफ्नो कम्प्युटरमा लाइभ भिडियो फिचरको उपयोग गरी तयार पारेको भिडियो प्रकाशित गरेको छ । डेलिहा सम्भवतः फेसबुकले कम्प्युटरमा उपलब्ध गराएको लाइभ भिडियो फिचर प्रयोग गर्ने पहिलो प्रयोगकर्ता हुन् ।

भिडियोमा फेसबुक वालको स्टाटस अपडेट कम्पोजरसँगै लाइभ भिडियो नामक अप्सन दिइएको छ र त्यसमै क्लिक गरी भिडियो ब्रोडकास्ट गर्न सकिन्छ ।

समाचार अनुसार फेसबुकले पत्रकार तथा भिडियो ब्लगर्सहरुको उच्च मागका कारण लाइभ फिचरलाई डेस्कटप र ल्यापटपमा पनि उपलब्ध गराउने भएको हो । यद्यपि ठ्याक्कै कुन मितिमा फेसबुकले लाइभ फिचरलाई कम्प्युटरमा पनि जारी गर्दैछ भन्ने चाहीँ खुलेको छैन ।

कम्प्युटरमा समेत फेसबुक लाइभ फिचर उपलब्ध भएसँगै ल्यापटप र डेस्कटपको क्यामराको प्रयोग गरेर फेसबुक प्रयोगकर्ताले लाइभ ब्रोडकास्ट गर्न सक्नेछन् ।

फेसबुकले अहिले परीक्षणको रुपमा केही प्रयोगकर्तालाई यो सुविधा उपलब्ध गराएको र निकट भविष्यमै आम फेसबुक प्रयोगकर्ताले आफ्नो कम्प्युटरबाट फेसबुक लाइभ फिचर प्रयोग गर्न पाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment