Comments Add Comment

अमेरिकाको हे मार्केट दिवसमा नेपालको झझल्को

pared 1वाशिंगटन डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको हे मार्केट शहरमा भएको हे मार्केट दिवस २०१६ मा नेपाली समुदायको उल्लेख्य सहभागितामा सफलता पुर्वक सम्पन्न भएको छ ।

डिसी महानगर क्षेत्रको सक्रिय सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज तथा एएनएचएस प्रतिष्ठानको बिशेष सहभागितामा उक्त हे मार्केट डे नामकरण गरिएको कार्यक्रम ऐतिहासिक हुन् पुग्यो ।

pared 11नेपालको पहिचान झल्काउने पुरुषले नेपाली दौरा सुरुवाल ,नेपाली टोपी तथा महिलाहरुले एकनासको फरिया सहितको झाकी तथा प्रदर्शन गर्दै नेपाली गीतमा नाच्दै झुम्दै परिक्रमा गर्ने क्रममा बिदेशीहरुले भब्य स्वागत कर्तल ध्वनिले गरेका थिए ।

सबै भन्दा राम्रो प्रस्तुति गर्न सफल भएका छन् । कार्यक्रममा बालबालिका ,आमाबुवा तथा सबै उमेरका नेपाली समुदायको सक्रिय सहभागिता देखिएको थियो ।

विश्व भरका विभिन्न देशका बिबिध थरिका झाँकी तथा आफ्ना देशका पोशाक सहित प्रतिनिधिन्त्व गरेका भएता पनि नेपाली समुदायको सहभागिता र पोशाक अद्वितीय रहन पुगेको छ ।

pared 14उक्त प्रदर्शनमा नेपाली समुदायको उपस्थितिले सबै नेपालीको गौरब ,पहिचान को साथै गरिमा बृद्धि समेत गराएको आयोजकले बताएका छन् l उक्त परेड दिवसमा डिसी महानगर क्षेत्रमा रहेका संघ तथा संस्थाका प्रतिनिधि तथा नेपाली समुदायमा उपस्थिति पनि रहेको थियो ।

कार्यक्रम बिहान ९ बजे देखि साँझ ५ बजे सम्म चलेको थियो भने नेपाली टोलि समयमा नै पुगेका थिए भने झाकी प्रदर्शन करिब दुई घण्टा जति चलेको थियो  । कार्यक्रममा उधमी ,बिशेष व्यक्तित्वहरु ,राजनैतिक दलका नेताहरु ,सरकारी पदाधिकारी तथा अन्यको बिशेष सहभागिता रहेको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment