Comments Add Comment

दिल्लीमा प्रचण्डको प्रशंसाः नयाँ नेपाल बनाउने प्रचण्ड नै हुन्-मेहता

प्रचण्डलाई शरद यादवले भने- तपाई संग्रामी आदमी हो

Prachand_India_Visit
तस्वीरः कृष्णहरि पुष्करको ट्वीटरबाट

२ असोज, नयाँदिल्ली । नेपालका प्रधानमन्त्री प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एवं अन्य नेताहरुले प्रशंसाको भारी बोकाएर काठमाडौं पठाएका छन् । भारतीय नेताहरुले लगभग एउटै स्वरमा अब नेपाललाई नेतृत्व दिन सक्ने सक्षम नेता तपाई नै हो भनेर प्रचण्डलाई प्रोत्साहित गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई नेपालको शान्ति प्रक्रियाको क्याटलिष्ट भन्दै प्रशंसा गरेका छन् । मोदीको प्रशंसाबाट प्रचण्ड निकै प्रशन्न देखिएका छन् ।

त्यस्तै गृहमन्त्री राजनाथ सिंहले पनि प्रचण्डलाई प्रशन्न बनाएको उनको बडी ल्यांग्वेजबाटै बुझ्न सकिन्छ ।

शनिबार राति सरदार पटेल मार्गस्थित होटल ताजमा नेपालका प्रधानमन्त्री प्रचण्डका लागि इण्डिया फाउन्डेसनले नागरिक अभिनन्दनको कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा प्रचण्डको प्रशंसा गर्दै जनता दल युनाइटेडका नेता शरद यादवले उनलाई ‘संग्रामी आदमी’ भएको बताए ।

नेपाल र भारत दुबै देशमा रहेको गरिबी र पछौटेपनविरुद्ध मिलेर संग्राम गर्न आग्रह गर्दै यादवले प्रचण्डलाई भने, ‘तपाई संग्रामी मान्छे हो, म तपाईको अभिनन्दन गर्छु । हामी त त्यो समयको पनि मित्र हौं ।’

प्रचण्डका लागि आयोजित नागरिक अभिनन्दनमा भारतीय जनता पार्टीका भगतसिंह कोसियारीदेखि पूर्वसैनिक जनरल अशोक मेहता पनि उपस्थित थिए । कार्यक्रममा प्रचण्डलाई भारतका रेलमन्त्रीले दोसल्ला ओढाएका थिए भने सानो मयुरको प्रतिमासमेत उपहार दिइएको थियो । प्रचण्डपत्नी सीतालाई कपडा उपहार दिइएको थियो ।

भारतका पूर्वसैनिक जनरल मेहताले पनि अनलाइनखरसँग कुरा गर्दै प्रचण्डको खुलेर प्रशंसा गरे ।

‘नेपालको क्रान्ति, नेपालको टा्रन्सफरमेशन र नयाँ नेपाल बनाउने लिडर त उनै हुन् नि’ मेहताले प्रचण्डको प्रशंसा गर्दै अनलाइनखबरसँग भने, ‘नयाँ नेपाल अहिले हामी देखिराखेका छौं, अहिले पूरा भएको छैन, काम सुरु भएको छ, यसको लिडर त प्रचण्ड नै हुन् । माओवादी हो । नेपालको एजेण्डा चेञ्ज गर्ने लिडरसीप प्रचण्डको हो ।’

मेहताले प्रचण्डका बारेमा भने, ‘सन् २००५ मा हिन्दुस्थान टाइम्सको एउटा समिट थियो, पहिलोपटक ओभर ग्राउण्ड भएका प्रचण्ड पहिलोपटक दिल्लीमा आएका थिए । उनीसँग त्यहीँ मेरो पहिलो भेट भएको हो ।’

उनले भने, ‘त्यसपछि प्रचण्डसँग मेरो भेट प्रधानमन्त्री नहुँदा पनि भयो । उनले त मेरो किताव पढेका छन् नि । उनले मलाई के भन्छन् भने मैले तपाईको किताव पढेको छु । त्यो किताबको हरेक कुरामा त हाम्रो सहमति छैन तर हामीले तपाईको किताबबाट धेरै कुरा सिक्यौं ।’

नेपाल मामिलाका जानकार मानिने मेहताले नेपालका नेताहरु शेरबहादुर देउवा, केपी ओली र प्रचण्डलाई तुलना गर्दा प्रचण्ड नै सक्षम नेता भएको बताए ।

अब प्रचण्डले भारतसँग सम्बन्ध सुधार गर्ने मेहताले आशा गरे । उनले प्रचण्डलाई उधृत गर्दै अनलाइनखरसँग भने, ‘प्रचण्डले के भन्छन् भने मैले अब भारतको बारेमा कुरा बुझें । सुरु सुरुमा नचिनेको हो । गलतफहमी भयो । अहिले भारत र नेपालको वीचमा म (प्रचण्ड) र भारतको लिडरसीपको वीचमा केही मिस अन्डस्ट्याडिंग छैन ।’

यो पनि पढ्नुहोस्

प्रचण्डलाई भारतीय नेताले ‘अब तपाई नै नेता हो’ भनेको सुनेंः चक्रपाणि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment