Comments Add Comment

सर्वपक्षीय राजनीतिक संयन्त्र गठन गर्न नयाँ शक्तिको माग

Nayashakti-Gyapan२ असोज, काठमाडौं । नयाँ शक्ति नेपालले विभिन्न माग राख्दै कार्यबाहक प्रधानमन्त्री विमलेन्द्र निधिलाई ज्ञापन पत्र बुझाएको छ ।नयाँ शक्ति नेपालका सहसंयोजक रामचन्द्र झा, दुर्गा सोब लगायतका नेताहरुको टोलीले उपप्रधान तथा गृहमन्त्री निधिलाई भेटेर ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्रमा मधेसी, जनजाति, थारु आदि समुदायको जायज माग सम्बोधन गरी संविधान कार्यान्वयन गर्न माग गरेको छ । साथै आन्दोलनरत दलहरुको माग सम्बोधन गर्न एक सर्वपक्षीय राजनीतिक संयन्त्र तत्काल गठन गर्नु पर्ने उसको माग छ ।

०७४ साल माघ ७ गतेभन्दा अगावै स्थानीय तह, प्रादेशिक व्यवस्थापिका र संघीय संसदको चुनाव सम्पन्न गर्न सरकारको तर्फबाट गम्भीरता र कार्यतत्परता देखाउनुपर्नेमा नयाँ शक्तिले जोड दिएको छ ।

ज्ञापनपत्रमा संविधान संशोधनमार्फत पूर्ण समानुपातिक संसद र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्न, पहिचानका पाँच र सामर्थ्र्यका चार साथै समानुपातिक र समावेशीताका आधारमा स्थानीय तहको पुनसर्ंरचना गर्नसमेत माग गरिएको छ ।

नयाँ शक्ति पार्टी नेपालले देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत पनि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाउनु अघि अनामनगरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले जनताका दैनिकीसँग सम्बन्धित मागहरुलाई तुरुन्त पूरा नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment