+

म्यानचेष्टर युनाइटेडको लगातार तेस्रो हार

२०७३ असोज  २ गते १८:४३ २०७३ असोज २ गते १८:४३
म्यानचेष्टर युनाइटेडको लगातार तेस्रो हार

Watford-Vs-Manchester-United,

२ असोज, काठमाडौं । वाटफोर्डले इंग्लिस प्रिमियर लिग फुटबलमा बलियो टोली म्यानचेष्टर युनाइटेडलाई पराजित गरेको छ ।

सिजनको सुरुवाती तीन खेल जितेको युनाइटेड डर्बी भिडन्तबाट ओरालो लागेको थियो । त्यो हारसँग जोजे माउरिन्होको टोलीले लगातार तीन हार व्यहोरेको छ । डर्बीपछि युरोपा लिगमा हारेको म्यानचेष्टर युनाइटेड आइतबार प्रिमियर लिगमा वाटफोर्डसँग ३-१ ले स्तब्ध भएको छ ।

घरेलु मैदानमा भएको खेलमा वाटफोर्डले ३४ औं मिनेटमा केपुको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा थप गोल हुन सकेन । दोस्रो हाफमा युनाइटेड खेलमा फर्कियो र ६२ औं मिनेटमा रास्फोर्डले बराबरी गोल फर्काए ।

तर, वाटफोर्डले हार मानेन । ८३ औं मिनेटमा जुनिगाले गोल गरे । खेलको अन्तिम मिनेटमा वाटफोर्डले पेनाल्टी पायो र ड्यानीले गोल गर्दै आफ्नेा टिमलाई शानदार जित दिलाए ।

प्रिमियर लिग म्यानचेष्टर युनाइटेड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय