+

रियल मड्रिडको अर्को जित, बार्सिलोनाको रेकर्डसँग बराबरी

२०७३ असोज  ३ गते ८:२६ २०७३ असोज ३ गते ८:२६
रियल मड्रिडको अर्को जित, बार्सिलोनाको रेकर्डसँग बराबरी

Benzema३ असोज, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले स्पानियोललाई पराजित गरेको छ र, स्पेनिसको माथिल्लो डिभिजनमा लगातार १६ जितको बार्सिलोनाको रेकर्डसँग बराबरी खेलेको छ ।

क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेल बिनाको  रियल मड्रिडले आइतबार राति भएको खेलमा स्पानियोललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

स्पानियोलको घरेलु मैदानमा भएको खेलमा रियलले पहिलो हाफको अन्तिम मिनेटमा जेम्स रोडि्रग्वेजको गोलबाट अग्रता लिएको थियो । ७१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै जित सुनिश्चित गरे ।

रियल मड्रिडको यो सिजन चार खेलमा चौथो जित हो र १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ९ अंक छ ।

रियल मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय