+
+
Shares

भारतमा प्रधानमन्त्री प्रचण्डले भेटे ‘फरार अभियुक्त’

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ४ गते ६:२२

Pm-Prachanda४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  सुरक्षा निकायले पक्राउका लागि ‘वान्टेड’ सूचीमा राख्दै सर्वाधि खोजी गरेका एक विवादास्पद फरार अभियुक्तलाई उच्च सुरक्षा घेराभित्र भारतमा भेटेका छन् ।

गत वर्ष टीकापुरमा दुईवर्सै बालक र आठ सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनामा मुछिएका ‘कर्तव्य ज्यान’ मुद्दाका मुख्य अभियुक्त रेशम चोधरीलाई प्रधानमन्त्री प्रचण्डले शुक्रबार साँझ ताज प्यालेस होटलमा भेटेका आजको अन्नपूर्णमा समाचार छ ।

भारत र नेपालका लव्धप्रतिष्ठित व्यापारीलाई सम्बोधनका लागि ताज प्यालस होटलमा आयोजना गरिएको कार्यक्रममा दाहालले मञ्चमै चौधरीलाई भेटेका थिए ।

नेपालमा लगानीका विषयमा विश्वासको वातावरण निर्माण गर्न उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

चौधरीले मञ्चमै पुगेर प्रधामन्त्री प्रचण्डसँग केही समय कानेखुसी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?