Comments Add Comment

नविल र एनआइसी एसियाको बोनस खाने हो ? त्यसो भए आजै सेयर किन्नुहोस्

NabilBank४ असोज, काठमाडौं । नविल बैंक र एनआइसी एसियाले घोषणा गरेको बोनस सेयर खाने हो ? त्यसो भए आजै यी बैंकको सेयर किन्नुहोस् । दुबै बैंकले बुधबारदेखि बुक क्लोज बन्द गर्दैछन् ।

यसको अर्थ के हो भने तपाईले यी दुई बैंकले घोषणा गरेको सेयर आजै किन्नुभयो भने मात्रै पाउनुहुनेछ ।

भोलि किन्नुभयो भने उनीहरुले घोषणा गरेको बोनस पाउनबाट बञ्चित हुनुहुने छ । दुवै बैंकले १८ गते साधारणसभा आहृवान गरेका छन् ।NIC-Asia-Bank

नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांस बितरण गर्दैछ । त्यसैगरी, एनआईसी एशियाले २६ प्रतिशत बोनस र १.३७ प्रतिशत नगद लाभांस बितरण गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment