४ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत परिवर्तन भएको निष्कर्ष पार्टी बैठकमा सुनाएका छन् ।
हालै चारदिने राजकीय भ्रमण पूरा गरेर फर्किएका माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले मंगलबार पार्टी हेडक्वार्टर बैठकमा भ्रमणको समिक्षा राखेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो निकै प्रशंसा गरेको भन्दै प्रचण्डले आफूलाई ‘तपाई नै नेता हो’ भनेको सुनाए । निकै प्रफुल्ल मुद्रामा प्रस्तुत भएका प्रचण्डको निष्कर्ष थियो, ‘भारत परिवर्तन भएको छ ।’
आफ्नो भ्रमणले दुई देशबीच देखिएको असमझदारी हटेको र विश्वास बढेको उनले दाबी गरे । ‘जे उद्देश्यले भ्रमण भएको थियो, त्यो सफल भएको छ । चिसिएको सम्वन्ध न्यायो नभएको छ’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘पीटीएमा पूर्ण सफलता मिलेको छ ।’
प्रधानमन्त्री प्रचण्डले नेपाल भारतको संयुक्त वक्तव्यमा संविधानको विषय परेकोबारे पनि बालेका छन् । पार्टीभित्रैका केही नेताले यसको विरोध गरेपनि उनले भने भारतले संविधान कार्यान्वयनलाई स्वागत गरेको भन्दै यो सफलता भएको बताएका छन् ।
प्रतिक्रिया 4