Comments Add Comment

विद्यालयमा बम राख्नेलाई कारबाही गर्न क्रान्तिकारीको माग

'विद्यार्थी आन्दोलनमा अहिलेसम्म नदेखिएको आतंक'

४ असोज, काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले काठमाडौंका विद्यालयहरुमा गराइएका बम विष्फोटको भ्रत्सना गरेको छ । क्रान्तिकारीले मंगलबार प्रेस विज्ञप्ति निकालेर घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग समेत गरेको छ ।

अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ, ‘कलिला अबोध बालबालिका पढ्ने विद्यालयमा गरिने यस्ता हर्कत कुनै पनि माने र मूल्यमा ग्राह्य हुनै सक्दैैन ।’

विज्ञप्तिमा लेखिएको छ, ‘विद्यार्थी आन्दोलनमा अहिलेसम्म नदेखिएको यो छद्मभेषी संगठनको नाममा आतंक मच्चाउने तत्वलाई तत्काल अनुसन्धान गरी कार्वाहीको दायरामा ल्याएर विद्यालय तहका आम विद्यार्थी र अभिभावकलाई आश्वस्त पार्न सरकारसमक्ष जोडदार माग गर्दछौं ।’

 

Akhil_Krantikari_Press_Relese

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment