+
+
Shares

संविधानलाई संयुक्त वक्तव्यको अंग बनाउनु गलतः राप्रपा नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ४ गते १६:१६

Kamal Thapa, RPP Nepal

४ असोज, काठमाडौं । राप्रपा नेपालले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जारी भएको संयुक्त वक्तव्य त्रुटीपूर्ण भएको बताएको छ ।

राप्रपा नेपालले विज्ञप्ति जारी गर्दै संयुक्त वक्तव्यमा संविधानको विषय उल्लेख गर्नु गलत भएको बताएको छ । ‘संविधान संशोधन र कार्यान्वयन नितान्त नेपालको आन्तरिक मामिला हो । यस विषयलाई संयुक्त वक्तव्यको अंग बनाउनु आपत्तिजनक र अनुपयुक्त छ,’ विज्ञप्तिमा लेखिएको छ ।

साथै नेपालको संविधान अधुरो, समावेशी र सर्वस्वीकार्य नरहेको भारतीय धारणालाई विगतमा नेपाल सरकारले अस्वीकार गर्दै आएको अहिले विचलन देखिएको उसले बताएको छ ।

राप्रपा नेपालले भारतीय सहयोगमा सञ्चालित आयोजना अनुगमन नेपाल ररकार र भारतीय दूतावासका अधिकारीहरुले गर्ने सहमति प्राविधिक र नीतिगत रुपमा गलत भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?