४ असोज, गुल्मी । गुल्मीमा कार दुर्घटना हुँदा दुइ जना घाईते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर छ ।
रेसुङ्गा नगरपालिका ८ स्थित कमेरेपानीमा वा १४ प ६१५३ नम्बरको निजी कार दुर्घटना हुँदा चालक भैरहवाका ४० बर्षीया अशोक भुसाल र अर्घाखाँची भगवती-४ निवासी युवराज पाण्डे घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बुटवलबाट तम्घासहुँदै अर्घाखाँचीको ढिकुरा जान क्रममा कार मंगलवार दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा परि कार धनी एबं चालक अशोक भुसाल गम्भीर घाइते भएका छन् ।
घाइते २ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । कारमा ३ जना सवार रहेकोमा १ जना सकुसल रहेका छन् ।
अनिल खत्रीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4