५ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति नदिइने बताएका छन् ।
शान्ति मन्त्रालयले आयोजना गरेको अन्तराष्ट्रिय शान्ति दिवसको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायको सिद्धान्त अनुसार समाजमा मेलमिलाप हुने गरी शान्ति र पुनर्निर्माणको काम अघि बढ्ने बताए । दण्डहिनतालाई प्रोत्साहन गर्ने आफ्नो पार्टीको उद्देश्य नभएको भन्दै उनले भने, ‘सबैलाई उन्मुक्ति दिने आशंका छ । त्यस्तो होइन ।’
माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन ढिला गर्न नहुने बताए ।
उनले भने, सेना समायोजन, हतियार व्यवस्थापन जस्ता महत्वपूर्ण काम सहज र मौलिक ढंगले निष्कर्षमा पुर्यायौं । अब शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन ढिलाइ गर्न हुँदैन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4