Comments Add Comment

दुनियाकै क्रूर आदिवासी, जहाँ गोरो बच्चा जन्मिएमा हत्या गरिन्छ

black_childहिन्द महासागरमा रहेको भारत तथा म्यानमार नियन्त्रिण अण्डामान टापुमा एउटा यस्तो आदिवासी समुदाय बस्दछ, जसको संस्कार साँच्चीकै भयानक छ ।

उक्त टापुमा बस्ने जारवा आदिवासी समुदायमा प्रचलित एक प्रथा निकै क्रूर छ । उक्त समुदायमा जन्मिने ती बच्चाहरुको हत्या गरिन्छ जसका आमाहरु या त विधवा छन् या त ती बच्चाका पिताहरु अन्य समुदायका हुन् ।

कालो वर्णको सरीर हुने यो आदिवासी समुदायमा यदि कुनै महिलाले कालो नभै थोरै पनि गोरो रंगको छाला भएको बच्चा जन्माइन् भने त्यो बच्चालाई समेत मारिन्छ । गोरो बच्चा आफुहरुको समुदायको भन्दा भिन्न हुने मान्यताका कारण यस्तो क्रूर काम गरिन्छ । पछिल्लो केही महिनामा त्यहाँ यस्ता बालहत्याका केही घटना सार्वजनिक भएका छन् ।

अण्डामान टापुको उत्तरी इलाकामा यो जाति बस्दछ । यसको जनसंख्या झण्डै ४ सय छ । ५५ हजार वर्ष अघिदेखि यो जारवा जनजाति उक्त ठाउँमा बस्दै आएको बताइन्छ । तर सन् १९९० मा मात्रै पहिलोपटक यो आदिवासी बाहिरी दुनियाको सम्पर्कमा आएको हो ।

यो समुदायमा सामुदायिक मर्यादाका खातिर नवजात शिशुको हत्या गर्ने अमानवीय प्रथा रहेको भएपनि पुलिसले हस्तक्षेप गर्न सकेको छैन । गत नोभेम्बरमा यस्तै घटनाका प्रत्यक्षदर्शीको उजुरी प्राप्त भएपछि समेत प्रहरीले कुनै कारवाही गरेन ।

यो आदिवासी बस्ने ठाउँमा बाह्य पर्यटक तथा अन्य समुदायका मानिसहरुलाई जान प्रतिबन्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment