Comments Add Comment

साउन महिनामा ८.६ प्रतिशतले मात्रै महंगी बढ्योः राष्ट्र बैंक

६ असोज, काठमाडौं । गत आर्थिक वर्ष दोहोरो अंकले बढेको महंगी चालु आर्थिक वर्षको पहिलो महिनामै एकल अंकमा झरेको छ ।

Nrb-810नेपाल राष्ट्र बैंकले साउन महिनामा ८.६ प्रतिशतले मात्रै महंगी बढेको जनाएको छ ।

राष्ट्र बैंकले बिहीबार देशको वर्तमान आर्थिक स्थिति नामक मासिक प्रतिवेदनमार्फत् मुल्यवृद्धिमा सुधार आएको तथ्यांक सार्वजानिक गरेको हो । यो गन आर्थिक वर्षको साउन महिनामै भएको मुल्यवृद्धि भन्दा कम हो । गत वर्षको साउनमा ८.९ प्रतिशतले महंगी बढेको थियो ।

गत आर्थिक वर्षमा तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण महंगी सरकारको नियन्त्रणभन्दा बाहिर गएको थियो । गत आर्थिक वर्षको औषत मुल्यवृद्धि दर १०.४ प्रतिशत रहेको थियो ।

यो साउनमा चिनी तथा चिनी तथा चिनीजन्य पदार्थ, दलहन तथा गेडागुडी, तरकारीे, फलफूल, विविध वस्तु तथा सेवाहरु, लत्ताकपडा तथा जुत्ता र घरायसी सामान तथा सेवाको मूल्य वृद्धिदर उच्च रहेकोले समग्र उपभोक्ता मुद्रास्फीतिमा केही चाप पर्न गएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार साउन महिनामा खाद्य मुद्रास्फीति ९.३ प्रतिशत पुगेको छ । जबकी गत वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ७.३ प्रतिशतमात्रै थियो ।

यो साउनमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १९.५ प्रतिशत, दलहन तथा गेडागुडीको मूल्य १८.७ प्रतिशत, तरकारीको मूल्य १७.९ प्रतिशत र फलफूलको मूल्य १७.५ प्रतिशतले वृद्धि भएको छ ।

यस अवधिमा गैरखाद्य मुद्रास्फीति ८.१ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । जबकी गत आर्थिक वर्षमा यो सूचकांकको वृद्धिदर ६.६ प्रतिशत थियो ।

गैरखाद्य समुहमा अन्तर्गत लत्ताकपडा तथा जुत्ताको मूल्य ११.२ प्रतिशत र घरायसी सामान तथा सेवाको मूल्य ९.७ प्रतिशतले वृद्धि भएको कारण गत वर्षको तुलनामा यो वर्ष गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क बढेको हो ।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा विश्लेषण गर्दा यो साउनमा उपभोक्ता मुद्रास्फीति पहाडमा १०.९ प्रतिशत, तराईमा ८.५ प्रतिशत, हिमालमा ७.१ प्रतिशत र काठमाडौं उपत्यकामा ७ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । जबकी गत आर्थिक वर्षको साउन महिनामा पहाडमा ७.३ प्रतिशत, तराईमा ५.८ प्रतिशत, हिमालमा ६.७ प्रतिशत र काठमाडौं उपत्यकामा ८.४ प्रतिशतले महंगी बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment