Comments Add Comment

फेसबुकमा फोटो शेयर गरेको भन्दै किशोरीले हालिन् आफ्नै आमा बाबुविरुद्ध मुद्दा

Facebook-Optionदुनियामा फेसबुक चलाउने अभिभावकहरुमध्ये सायद त्यस्ता अभिभावक नहोलान् जसले फेसबुकमा आफ्ना प्यारा सन्तानका तस्वीरहरु शेयर नगरुन् ।

तर आफ्नै सन्तानका तस्वीर फेसबुकमा शेयर गर्दा कतिपय अभागी अभिभावकलाई सन्तानबाटै मुद्दा खेप्नुपर्दोरहेछ । अस्ट्रियामा यस्तै भएको छ । आफ्नो बाल्यकालको फोटो फेसबुकमा शेयर गरेको भन्दै एक किशोरीले आफ्नो बाबुआमा विरुद्ध मुद्दा हालेकी छिन् ।

१८ वषर्ीय ती किशोरीले सन् २००९ मा खिचेको उनको फोटो उनका बाबुआमाले सोध्दै नसोधी फेसबुकमा पोस्ट गरेको भन्दै मुद्दा हालेकी हुन् । ती तस्वीरमध्ये कतिपय आफ्ना निकै निजी तथा गोप्य खालका तस्वीर पनि रहेको र त्यस्ता तस्वीर सार्वजनिक हुँदा आफुले साथीहरुबाट निकै असहज व्यवहारको सामना गर्नुपरेको उनको दाबी छ ।

ऋाफ्ना ती फोटोहरु फेसबुकबाट हटाउन आफुले कैयौँपटक बुवाआमालाई अनुरोध गर्दापनि नमानेको किशोरीको दाबी छ ।

पटक पटक आग्रह गर्दा पनि आफ्ना निजी तस्वीरहरु बुवाआमाले फेसबुकबाट नहटाइदिएपछि उनले बाध्य भएर मुद्दा हालेको किशोरीका वकिल माइकल रमीले बताएका छन् । किशोरीले आफ्ना बुवाआमा विरुद्धको मुद्दा जित्ने विश्वास उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment