+
+
Shares

सोनमले भनिन्- बुबाका कारण केहि चलचित्रबाट हात धुनु पर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७३ असोज ७ गते १०:२२

sonam-anil

मुम्बई । नायिका सोनम कपुरले एक अन्तरवार्ताको क्रममा आफ्नो बुबा अनिल कपुरको कारण केहि फिल्मवाट हात धुनु परेको बताएकी छिन् ।

सोनमको भनाई अनुसार सलमान खान ‘प्रेम रतन धन पायो’ मा सोनमसँग काम गर्न चाहँदैन थिए । सलमानले भनेका थिए ‘अनिल कपुर मेरा मित्र हुन् । म आफ्नै मित्रकी छोरीसँग कसरी रोमान्स गर्न सक्छु ?

सोनमको भनाई अनुसार फराह खान उनको आमाको सबै भन्दा मिल्ने साथी हुन् तर, आजसम्म फराहको एउटै फिल्ममा काम गर्ने अवसर पाएकी छैनन् । ‘यदि फराह खानसंग मेरो पारिवारिक सम्बन्ध नभएको भए मैले काम गर्ने अवसर पाउथेँ होला तर, आजसम्म उहाँको फिल्ममा काम गर्न पाईन ।’

स्टारका छोरा छोरीले सजिलै काम पाउछन् भन्ने कुरा उनी कहिल्यै स्वीकार्दिनन् । सोनाक्षी सिन्हा, श्रद्धा कपुर, आलिया भट्ट लगायतका कलाकार परिवारको कृपाले भन्दा पनि क्षमताले टिकेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?