Comments Add Comment

संविधान संशोधनमा हिन्दी भाषाको चर्चा चलेको छैनः प्रधानमन्त्री

Pushpakamal-Dahal-Prachanda,-PM-of-Nepal९ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले आफू प्रधानमन्त्रीमा निर्वाचित भएको पचास दिनभित्र साँढे चार लाख भूकम्पपीडितले पहिलो किस्ताको राहत रकम पाइसकेको बताएका छन् ।

शनिबार साँझ नेपाल टेलिभिजनको ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा प्रधानमन्त्रीले अझै एक लाख बढी भूकम्प पीडितले राहत रकम पाउन बाँकी भएपनि साँढे चार लाख पीडितले राहत पाएको जानकारी दिए ।

संविधान संशोधनको तयारी

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको तयारीको काम अगाडि बढिरहेको र काम  प्रगतिउन्मूख रहेको बताए । उनले केही दिनभित्र सकारात्मक परिणाम निस्कने दाबी गरे ।

प्रधानमन्त्रीले दलहरुबीचको अविश्वासको दूरी घट्दै गएको बनाउँदै आफू आशावादी भएको जनाए । सीमाङ्कन लगायतका विषयमा समझदारीको नजिक पुगेको जनाउँदै प्रधामन्त्रीले सबै नेताहरु लचक हुनुपर्ने बाध्यतात्मक परिस्थिति रहेको बताए । उनले दशैं अघि नै संविधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने सम्भावना व्यक्त गरे ।

संविधान संशोधनमा हिन्दी भाषा

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनमा हिन्दी भाषा वा नागरिकताको कुनै चर्चै नचलेको दाबी गरेका छन् । उनले यस्ता भ्रामक समाचार सम्प्रेषण आफ्ना लागि अनौठो भएको बताए । प्रधानमन्त्री प्रचण्डले  भने,’संविधान संशोधनमा हिन्दी भाषा र नागरिकताको विषयले प्रवेश नै पाएको छैन । यति भ्रामक कुरा गरेर सहमतिको वातावरण भाड्न सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यो सम्भव छैन ।’

संयुक्त वक्तव्य परराष्ट्र नीतिकै पक्षमा

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तव्य असंलग्न परराष्ट्र नीतिकै पक्षमा रहको बताए । उनले भने, ‘अहिले गरिएका सम्झौता राष्ट्रिय हितमै पक्षमा छन्, यसमा भ्रम दिन जरुरी छैन । बि.सं. २००४ देखि चल्दै आएको कुटनीतिक परम्परालाई अहिले आएर प्रश्न उठाउनुको कुनै सान्दर्भिकता छैन ।’ उनले भारत भ्रमणका विषयमा साह्रै सानो चित्त बनाएर नहेर्न आग्रह गरेका छन् ।  भारत भ्रमणको क्रममा नेपालमा भइरहेको राजनीतिक  प्रगतिको जानकारी गराउनु देशको हितविपरित नभएको प्रचण्डको भनाइ थियो ।

नेपालमा संविधान घोषणलाई भारतको स्वागत गराउनु धेरै महत्वपूर्ण कुरा भएको भन्दै प्रधामन्त्री प्रचण्डले  भारतले नेपालको संविधान कार्यान्वयनमा गरेको स्वागत ठूलै उपलब्धि भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment