Comments Add Comment

ला ट्रोब बिजनेस स्कूलमा नयाँ छात्रवृत्ति कार्यक्रम

१० असोज, काठमाडौं । अष्ट्रेलियको ला ट्रोब विश्वविद्यालयको ला ट्रोब बिजनेस स्कूलका प्रोफेसर पल म्याथरले नेतृत्वको टोलीले नेपाल भ्रमण गरेको छ ।

नेपाल र अष्ट्रेलियाका विद्यार्थीहरुलाई विभिन्न शिक्षा कार्यक्रम मार्फत नयाँ र सुधारिएका अवसरहरु प्रदान गर्ने र दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले यसवर्ष पनि टोलीले भ्रमण गरेको हो ।

“ला ट्रोब विश्वविद्यालयको आफ्नो क्षेत्रका मुख्य देशहरुसँग सहकार्य गर्ने र विद्यार्थीहरुलाई सुधारिएका अवसरहरु निरन्तर प्रदान गरिरहने उद्देश्यले गर्दा नै हामी पुनः नेपालमा आएका हौं । हामीले प्रदान गर्ने नयाँ योजना तथा छात्रवृत्तिले नेपाली विद्यार्थीहरुलाई अधिकतम फाइदा पुर्याउने छ भन्ने हामीले विश्वास लिएका छौं,” प्रोफेसर पल म्याथरले भने ।

ला ट्रोब विश्वविद्यालय विश्वभरका विश्वविद्यालयहरुबीच भएको नयाँ र्‍यांकिङमा २०० स्थान माथि उक्लिन सफल भएको छ । प्रोफेसर म्याथरको जानकारी अनुसार यो विश्वविद्यालय विश्वमा ३३६ औं स्थान र तीन प्रख्यात अन्तर्राष्ट्रिय र्‍यांकिङ्गको आधारमा विश्वमै ४०० औं स्थानभित्र रहेको छ ।

ला ट्रोब बिजनेस स्कूल, अष्ट्रेलियाले घरेलु तथा अन्तर्राष्ट्रिय बजारका लागि ब्याचलर अफ कमर्स/ब्याचलर अफ कम्प्युटर साइन्स, मास्टर अफ प्रोफेशनल अकाउण्टिङ्ग (सिपिए अष्ट्रेलिया एक्स्टेन्सन) र ब्याचलर अफ कमर्स/ब्याचलर अफ इन्टरनेशनल रिलेशन्स् जस्ता शैक्षिक कार्यक्रमहरु ल्याएको छ ।

यसैगरी, ला ट्रोब बिजनेस स्कूल, अष्ट्रेलियाले घरेलु तथा अन्तर्राष्ट्रिय बजारका लागि मास्टर अफ बिजनेस एनालिटिक्सका साथै थुप्रै बिजनेस तथा म्यानेजमेन्ट कोर्सहरु ल्याएको छ ।

नयाँ छात्रवृत्तिहरुको घोषणा

यसवर्ष पनि २०१७ देखि लागू हुने गरी ला ट्रोब विश्वविद्यालयले अण्डरग्राजुएट तथा पोष्ट ग्राजुएटमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि पढाइ शुल्कमा १५, २० र २५ प्रतिशतको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

विद्यार्थीहरुलाई पहिलेको शैक्षिक प्रदर्शनको आधारमा छात्रवृत्ति प्रदान गरिनेछ भने पहिले आउनेलाई पहिलो प्राथमिकता दिइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment