Comments Add Comment

पोखराको मातृशिशु अस्पताल स्तरोन्नती, सरकारलाई हस्तान्तरण

Hospital-udhghatan

१२ असोज, पोखरा । पोखरा-१६ बाटुलेचौरमा रहेको मातृशिशु मितेरी अस्पताल, जिल्लास्तरको अस्पतालमा स्तरोन्नती गरिएको छ । हालैमात्र जिल्लास्तरको अस्पतालमा स्तरोन्नती भएको सो अस्पताल सरकारलाई हस्तान्तरण गरिएको अस्पतालको बुधबारै राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् ।

उद्घाटन अघि राष्ट्रपतिको रोहवरमा अस्पतालका निवर्तमान मेडिकल सुपरिटेण्डेन्ट छममाया पुनले अस्पतालका वर्तमान मेडिकल सुपरिटेण्डेन्ट डा.प्रेमराज पंगेनीलाई अस्पतालको माइन्यूट बुक तथा सम्पतिको सम्पूर्ण विवरण हस्तान्तरण गरेकी थिइन् । स्तरोन्नतीसँगै अस्पताल २५ शैयाको बनेको छ ।

Bidhya-Bhandari-Pokhara

पोखरा उपमहानगरपालिका र जापानको कोमागाने नगरबीच भगिनी सम्बन्ध कायम भएको १०औं वर्ष गाँठको अवसरमा २०६९ सालमा अस्पताल स्थापना गरिएको थियो । अस्पताललाई नेपाल सरकारले गत वर्ष असोज २२ गते जिल्लास्तरको २५ शैयाको सरकारी अस्पतालमा स्तरोन्नति गरेको थियो । साविकको बाटुलेचौर स्वास्थ्य चौकी र मितेरी अस्पताललाई समायोजन गरी स्वास्थ मन्त्रालय अन्तर्गत सञ्चालन गरिएको हो ।

कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीसहित अस्पतालका सञ्चालक समितिका अध्यक्ष, पदाधिकारी, सदस्य तथा स्थापनाकालीन कर्मचारीहरुलाई सम्मान गरिएको छ । अधिकारी स्वास्थ्य मन्त्री हुँदा उनकै पहल र सहयोगमा अस्पताललाई जिल्लास्तरको अस्पतालमा स्तरोन्नती भएकाले सम्मान गरिएको अस्पतालले जनाएको छ ।

Bidhya-Bhandari

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पतालले मातृ र शिशु मृत्यूदर घटाउन भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । ‘आमा र शिशुलाई अस्पतालले गुणस्तरीय सेवा दिनेमा म विश्वस्त छु, यसले मातृ र शिशु मृत्यूदर घटाउने आशा पनि व्यक्त गर्छु’ उनले भनिन् ।

राष्ट्रपति भण्डारीले पोखरालाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता गर्ने बेला आएको बताइन् । ‘पोखराको विकासको आधार नै पर्यटन हो’ उनले भनिन्, ‘प्रकृतिले दिएको सुन्दरतालाई जोगाएर पर्यटकीय हब बनाउनतर्फ सबैको ध्यान जान जरुरी छ ।’

सम्मानित व्यक्तित्व पूर्वमन्त्री खगराज अधिकारीले बाल मुत्युदरलाई घटाउनुनै अहिलेको चुनौती रहेको बताए ।

कार्यक्रममा नेपालका लागि जापानी राजदुत मासासी ओगावा, जाइका नेपालका महानिर्देशक जुन साकुमा, कोमागाने नगरका मेयर कोजी सुगीमोतोले सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा उपमहानगरपालिका संरक्षक र कोमागाने नगर सह-संरक्षकत्वमा स्थानीय जनताको सहयोगमा स्थापित अस्पतालले २०६७ साल कार्तिक २३ बाट पोलिक्लिनिकको रुपमा सेवा सुरु गरेको थियो ।

जनस्तरबाट महायज्ञ मार्फत सुरुआत गरिएको अस्पतालमा २०६९ साल माघ २२ गतेदेखि महिला र बालबालिकाको क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । अस्पतालमा १२ करोड रुपैयाँ बराबरको भवन, नेपाल सरकारको १ करोड १० लाख रुपैयाँ लगानी, स्थानीय जनताको ५२ लाख, कोमागाने नगरले करिब ४ करोड बराबरको महत्वपूर्ण उपकरण लगायत सरकारलाई हस्तान्तरण गरिएको हो ।

नगरपालिकाले अस्पताल सञ्चालनको लागि वाषिर्क रुपमा २५ लाख रुपैयाँ सहयोग गदै आएको थियो । तीन वर्षको लागि रकम दिएकोमा यो अन्तिम वर्ष भएको नगरपालिकाले बताएको छ ।

अस्पतालको कुल खर्चको १० प्रतिशत रकम सहयोग गर्ने सैद्वान्तिक सहमति भएको उनले उल्लेख गरे । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रेमराज पंगेनीलेे बाल र स्त्रीरोगको विशेषज्ञ डाक्टर, ४ मेडिकल अधिकृतसहित ३८ जनाको दरवन्दी अस्पतालमा रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment