Comments Add Comment

आमा सम्मान किरण तिम्सिनालाई

१२ असोज, झापा । अम्बिका प्रतिष्ठान झापाले प्रदान गर्ने ‘आमा सम्मान’ यस वर्ष गरामनी-३ हर्चनाकी सामाजिक कार्यकर्ता किरण तिम्सिनालाई दिइने भएको छ ।

Kiran-Timsina,-Jhapaसाहित्यकार तथा पत्रकारद्वय कृष्ण धराबासी तथा कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित उक्त पुरस्कार सामाजिक सेवाको क्षेत्रमा ३ दशकभन्दा लामो समयदेखि सक्रिय तिम्सिनालाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष कुमार भट्टराई र सचिव केशव मैनालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘श्रीमानको असामयिक निधनपछि नाबालक तीन छोरीहरु र एक छोराको पठनपाठन र लालनपालनको जिम्मेवारीसँगै सामाजिक रुपले प्रतिष्ठित तथा आर्थिक सबल हुने मार्गमा अभिबृद्धि गर्न सफल हुनुभएकाले उहाँलाई सम्मान गर्ने निर्णय गरिएको हो ।’

पुरस्कार हरेक वर्ष दशैंको अष्टमीमा प्रदान गरिन्छ । पुरस्कारको राशी ११ हजार रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment