Comments Add Comment

प्रचण्ड-मोदी वक्तव्यले नेपाललाई भुटानीकरण गर्ने खतराः बाबुराम

१२ असोज, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपाल भारतको संयुक्त वक्तव्यको एउटा बुदाँले नेपाललाई भुटानीकरण गर्ने खतरा रहेको बताएका छन् ।

Baburam-Bhattaraiप्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्री (प्रचण्ड र मोदी)ले २५ बुँदे संयुक्त वक्तव्य जारी गरेका थिए ।

सहमतिको ११ औं बुँदाले नेपाललाई भुटानीकरण गर्ने खतरा रहेको भन्दै भट्टराईले त्यसविरुद्ध दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने बताए ।

पार्टीको प्रशिक्षण विभागले गरेको ४ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन गर्दै भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि पनि संघर्ष गर्ने बताए ।

भट्टराईले निरन्तर परिवर्तनको सिद्धान्त नै नयाँ शक्तिको राजनीतिक दर्शन भएको बताए । ‘निरन्तर क्रान्ति र निरन्तर परिवर्तनको सिद्धान्त नै नयाँ शक्तिको सिद्धान्त हो । हामी हिजोको वादमा टाँस्सिएर बस्दैनौं । किनकि हिजोको वाद भनेको रुढीवाद हो’ उनले भने, ‘हाम्रो विचार निरन्तर गतिको सिद्धान्त र निरन्तर क्रान्तिकै सिद्धान्त हो । यसर्थ, दायाँबायाँको तालमेल मिलाउँदै अगाडि बढ्ने नै नयाँ शक्तिको कार्यदिशा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment