Comments Add Comment

रेशम चौधरीले प्रधानमन्त्रीलाई कसरी भेटे ? प्रत्यक्षदर्शी सांसदको बयान

'ओलीले आफ्नो जिउको भैंसी लुकाएर अरुको जिउको जुम्रा खोजे'

१४ असोज, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसदले प्रधानमन्त्री प्रचण्डसँग टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीको भेटेको पुष्टि गरेका छन् । उनले आफूहरुसँग भेट्न आएका चौधरीले प्रधानमन्त्रीलाई भेटेर आफ्ना कुरा राख्नु स्वभाविक भएको बताए ।

Yogendra-chaudhariव्यवस्थापिका संसदको बैठकमा विशेष समय लिएर बोल्दै सांसद योगेन्द्र चौधरीले भने- ‘दिल्लीको ताजमान होटलमा कार्यक्रम थियो । कडा सुरक्षाका कारण कोही छिर्न पाएका थिएनन् । हलको कार्यक्रम सकिएर डिनरको बेला उनी थारु र मधेस आन्दोलन पक्षधर सांसदसँग भेट्न आएका हुन् ।’

आफूहरुलाई भेट्न आएका चौधरीले त्यहाँ प्रधानमन्त्रीलाई पनि भेटेपछि अभिवादन गरेर आफ्नो गुनासो राख्नु स्वभाविक रहेको उनले बताए । चौधरीले भने- ‘एउटा नेपाली नागरिकले आफ्नो प्रधानमन्त्रीलाई भेट्दा अभिवादन गर्न पाउँदैन ? यसलाई अनावश्यक हल्लाको विषय किन बनाइयो ?’

प्रमुख विपक्षी दलका नेता केपी ओलीप्रति लक्षित गर्दै सांसद चौधरीले आफ्नो आङको भैंसी नदेख्नेले अरुको आँङको जुम्रा खोज्दै हिडेेको टिप्पणी गरे । ‘दाङमा माओवादी कार्यकर्ताको खुट्टा काट्ने फरार अभियुक्त उहाँको वरिपरि हिडिरहेको छ, अरुको कुरा किन गर्ने ?’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment