Comments Add Comment

सुशान्तको ‘धोनी’को आक्रामक सुरुवात, साहरुखको ‘फ्यान’लाई उछिन्यो

dhoni and susant
भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनीको वायोपिकमा बनेको चलचित्र ‘धोनीः द अनटोल्ड स्टोरी’ले बक्स अफिसमा धमकेदरा सुरुवात गरेको छ । शुक्रबारबाट विश्वभरका  हलमा रिलिज भएको यो चलचित्रले भारतीय बक्स अफिसमा आक्रामक कमाई गरेको छ । करिब ४ हजार हलमा रिलिज भएको यो चलचित्रले पहिलो दिन २१.३० करोडको कमाई गरेको छ ।

योसँगै यो चलचित्र बायोपिक कथामा बनेका चलचित्रमध्ये सबैभन्दा धेरै ओपनिङ गर्ने बलिउड चलचित्र बनेको छ । १९ करोडको ओपनिङ गर्दै दोश्रो स्थानमा रहेको साहरुख खान अभिनित चलचित्र ‘फ्यान’को रेकर्डलाई यसले तोडेको छ । ‘धोनीः द अनटोल्ड स्टोरी’ यो बर्ष सर्वाधिक धेरै ओपनिङ गर्ने चलचित्रको सूचीमा दोश्रो स्थानमा आएको छ । पहिलो स्थानमा नायक सलमान खानको ‘सुल्तान’ छ ।

चलचित्रमा सुशान्त सिंह राजपुतले धोनीको भूमिका निर्वाहा गरेका छन् । उनी यो चलचित्रमा जमेका मात्र छैनन् तारिफ योग्य काम पनि गरेका छन् । शनिबार आइतबारको व्यापारले यसको कुल आँकडा अड्कल लाग्नेछ । यो नायक सुशान्त सिंह राजपुत सोलो चलचित्रमध्येको करिअर सर्वाधिक धेरै ओपनिङ गर्ने चलचित्र पनि बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment