Comments Add Comment

शिल्पाको ‘आजको डायरी’: छविलाई स्कुटीमा राखेर नमस्तेदेखि डीसीएन

shilpa
आज पहिलो पटक म ७ बजे उठेकी हुँ । यो भन्दा पहिले म ९ बजे मात्र उठ्थेँ । उठेर फ्रेस भएपछि ग्रीन टी पिउँछु । आज खाना आफै बनाउनु पर्ने थियो । खाना त बनाएँ, तर मैले खान नै भ्याइनँ ।

९ बजे घरबाट अफिस(नमस्ते नेपाल) आएँ । नमस्ते नेपाल आउने वित्तिकै निर्माता छविराज ओझालाई लिएर साहिल खानकोमा जानु पर्‍यो । साहिल जीकोमा चलचित्रको फाइल तयार थियो । हामीले त्यो फाइल लिएर सोझै डीसीएनमा गयौं ।

छवि जी हात्त मर्किएपछि बाइक चलाउन सक्नुहुन्न । यसैले, उहाँलाई धेरै ठाउँमा मैले नै पुर्‍याउँदै आएकी छु । बाटोमा जहिले स्कुटी पछाडि बस्दा छविजी डराउनुहुन्छ । गाडी नजिकैबाट स्कुटी चलायो भने ‘विस्तारै चलाउ, बाबा’ भन्न थाल्नुहुन्छ । अरु, त्यस्तो धेरै कुराकानी हामीले ड्राइभिङको बेलामा गर्दैनाैं ।

डीसीएनमा चलचित्र इनकोडिङ गरियो । इनकोडिङ सकिएपछि हामीले पुरा चलचित्र हेर्‍यौं । चलचित्र हेरेपछि काम राम्रो भएको रहेछ भनेर खुशी पनि भयौं । यसपछि, छवि जीलाई लिएर म नमस्ते नेपाल नै आइपुगेँ । नमस्ते नेपालमा आएर खाजा र खाना एकैपटक खाइयो ।

नमस्ते मै बसेर २ वटा रेडियोमा इन्टरभ्यू दिएँ । इन्टरभ्यू सकेर अहिले म घर आएकी छु । आज छवि जीलाई उहाँको घर पुर्‍याउन जानु परेन । अब, खाना खाएर एकछिन फेसबुक चलाउछु र सुत्छु ।

म चलचित्र ‘हिफाजत २’बाट निर्मात्री बन्दैछु । यसैले पनि अहिले निर्मात्री भएपछि गर्नुपर्ने कामहरु सिकिरहेकी छु । मेरो यो दौडधुप त्यसैको तयारी हो ।

आजको दिन एकदमै राम्रोसँग वित्यो । धेरै कुराहरु सिक्ने मौका पाएँ । भोली निर्माता हुँदा गाह्रो नहोस् भनेर मैले कामहरु सिकिरहेको छु । आजको दिनलाई म ५ मा ५ नै दिन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment